• २०८१ बैशाख २६ बुधबार

सिमरामा व्यापार मेला तथा खेलकुद महोत्सव हुने

kharibot

बारा । बारामा प्रथम सिमरा औद्योगिक व्यापार मेला तथा खेलकुद महोत्सव २०७४ हुँने भएको छ । आयोजक नव दुर्गा युवा क्लब सिमराले मंगलवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी मेला आयोजना बारे जानकारी दिएको हो ।

‘आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवंम् व्यापारिक केन्द्र बनाउँने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सिमरा रंगशालामा हुँन लागेको मेला १० दिन सम्म चल्नेछ ।

औद्योगिक शान्ति नेपाल र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा मेला हुँन लागेको हो । मेलाको सह–आयोजकको रुपमा भेट्रान फुटबल समुह सिमरा , ईभेन्ट पार्टनरको रुपमा हाम्रो समन क्याम्प हेटौंडा रहेको छ ।

महोत्सवमा झन्डै चार सय स्टल रहँने आयोजक मुल समारोह समितिका संयोजक हरि चौधरीले जानकारी दिए । चौधरीका अनुसार ५० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गर्ने छन् । भने करिव २ करोड बराबरको करोवार हुँने छ । महोत्सव सिसि टिभिको निगरानीमा हुँने चौधरीले बताए ।

मेलामा के–के छ ?

दश दिने महोत्सवमा अटोमोबाईल प्रदर्शनी , कृषि तथा हस्तकालको प्रदर्शनी ४ दर्जन भन्दा बढि कलाकारहरुद्वारा गायनको बेजोड प्रस्तुती , राष्ट्रिय तथा स्थानीय खाना महोत्सव , विभिन्न ब्रान्डका मोबाईल तथा ईलोक्टोनिक्स सामानको प्रदर्शनी , वाल उद्यान(रोटेपिङ , नाउ , ड्रेगन टे«न , बे्रक डान्स झुला , सर्कस , नागिन , हेलिकप्टर बच्चाको खेल , मिक्कि माउस , जगपिग , स्विमिङ पुल , चिडिया घर , भुत घर , लत्ता कपडा तथा भाडाकुडाको प्रदर्शनी , नृत्य प्रतियोगिता , सास्कृतीक प्रदर्शनी , व्यापार तथा पर्यटकीय प्रदर्शनी , सिमरा आईडल , डान्स प्रतियोगिता , निशुल्क स्वास्थ्य शिविर साथमा चर्चित लोक गायक÷गायिकाहरुद्वारा दोहोरी गीत प्रस्तुतीका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहँने आयोजकले बताएको छ ।

खेलकुद महोत्सव

आयोजकले दिएको जानकारी अनुसार दश दिन सम्म खेलकुद महोत्सव समेत हुँने त्यसमा १६ वटा टिमले सहभागीता जनाउँने छन् । खेलकुद उप समितिका संयोजक समिर आलेका अनुसार एक दिन महिला फुटबल प्रतियोगिता समेत हुँने छ ।

सिमरा रंगशाला मैं हुँने प्रथम भेट्रान कप सिमराको बिजेताले एक लाख रुपैंयाँ पुरस्कार पाउँने छ , भने उप–बिजेताले ५० हजार पाउँने छ । खेलकुद महोत्सवमा कुस्ति प्रतियोगिता समेत हुँने आलेले बताईएको छ ।

पत्रकार सम्मेलनमा संयोजक हरि चौधरी , सचिव शैलेस अर्याल , सह–संयोजक आरिफ हुसेन , सद्स्यहरु सोमलाल बम्जन , समिर आले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस संयोजक प्रदिप गौतमले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै