• २०८१ बैशाख २५ मंगलबार

ओखलढुंगामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

kharibot

प्रतिनिधि तस्बीर

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फुलवारी टोलमा जंगली च्याउँ खाँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बिरामी भएका छन् । 

जंगली च्याउ खाँदा मृत्यु हुनेमा चम्पादेवी गाउँपालिका–७ फुलवारी टोल बस्ने ९३ वर्षीया मनमाया बिष्ट र २४ वर्षीया ढक कुमारी बिष्ट रहेका छन् । 

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका मनमाया बिष्ट, ढक कुमारी समेत एकै परिवारका ४ जना जेठ २८ गते बिरामी भएका थिए । त्यसपछि उनीहरुलाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाइएको थियो । 

उपचारको क्रममा ढक कुमारीको सोही अस्पतालमा र मनमाया बिष्टको काठमाडौं शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई जनाको काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै