• २०८१ बैशाख २१ शुक्रबार

अस्ट्रियाले क्रोसियालाई हरायो

kharibot

काठमाडौँ । युइएएफए नेसन्स लिग अन्तर्गत अस्ट्रियाले क्रोसियालाई स्तब्ध बनाएको छ ।

गएराती सम्पन्न खेलमा विश्वकपको उपविजेता रहेको क्रोसियालाई अस्ट्रियाले स्तब्ध पार्दै ३-० को जित हासिल गरेको छ ।

अस्ट्रियाको जितमा मार्को अर्नाउटोभिक, माइकल जर्गोरिस्टिक र मार्सल साबिटजरले एक एक गोल गरेका थिए ।

यो जितपछि समुह १ मा अस्ट्रियाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यो जितसँगै म्यानचेस्टर युनाइटेड छोडेर अस्ट्रियाको प्रशिक्षक बनेका राल्फ राँगनिकले विजयी शुरुवात गरेका छन् ।

नेसन्स लिग अन्तर्गत अब अस्ट्रियाले जुन ७ मा डेनमार्कसँग र जुन ११ मा फ्रान्ससँग खेल्ने छ भने क्रोसियाले जुन ७ मा फ्रान्ससँग र जुन ११ मा डेनमार्कसँग खेल्ने छ ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै