• २०८१ बैशाख १८ मंगलबार

जिदानलाई पिएसजीको आकर्षक प्रस्ताव !

kharibot

काठमाडौँ । रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई पीएसजीले विश्वकै सबै भन्दा धेरै पारिश्रमिक लिएर प्रशिक्षक बन्न प्रस्ताव गरेको छ । पिएसजीले माउरिसियो पोचेट्टीनोको ठाउमा जिदानलाई प्रशिक्षकको रूपमा प्रस्ताव गरेको हो ।

पिएसजीले च्याम्पियन्स लिगमा असफलतापछि पोचेट्टीनोको ठाउमा जिदानलाई ल्याउने आफ्नो प्रयास जारी राखेको छ ।

जिदान २०२१ को मे मा रियल म्याड्रिड छोडेपछि अहिलेसम्म प्रशिक्षणको जिम्मेवारीमा रहेका छैनन् । 

जिदानले पिएसजीको प्रशिक्षक बन्न यस अघि पटक पटक अस्वीकार गरेपनि पिएसजीको पहिलो रोजाईमा रहेका छन् ।

जिदान आगामी विश्वकपपछि फ्रान्सको राष्ट्रिय टिमको प्रशिक्षक बन्ने अड्कल बाजी जारी नै रहेको बेला पिएसजीले जिदानलाई ठुलो रकमको पारिश्रमिकसहित फेरी प्रस्ताव गरेको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् । 

पिएसजीले एम्बाप्पेलाई क्लबमै राख्न सफल भएपछि अब जिदानलाई प्रशिक्षक बनाउने अभियानमा जुटेको बताइएको छ ।

पिएसजी जिदानलाई बार्षिक २५ मिलियन युरो पारिश्रमिक प्रस्ताव गरेको उल्लेख गरिएको छ । अहिले विश्वमा धेरै पारिश्रमिक भएका प्रशिक्षक एटलेटिको म्याड्रिडका डिएगो सिमोने हुन् । उनको २४ मिलियन युरो पारिश्रमिक रहेको छ । त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलाको २३ मिलियन युरो रहेको छ ।

पिएसजीको प्रस्तावपछि जिदान अहिले पिएसजी जाने या राष्ट्रिय टिमको प्रशिक्षकको लागि पर्खिने बारे विचार गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै