काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ ।
शुक्रबार दिउँसो ललितपुरको जावलाखेलमा उनी चढेको गाडी पोलमा ठोक्किएको हो ।
गाडीमा सवार रेनुको टाउकोमा सामान्य चोट लागेको र अहिले उनको सुमेरु अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ ।
प्रदेश ३–०१–०२३ नम्बरको गाडीको टायर पन्चर भएर पोलमा ठोक्किएको बताइएको छ । गाडीमा उनको परिवारका अन्य सदस्य भएपनि अरुलाई केहि नभएको बताइएको छ ।