• २०८१ बैशाख १४ शुक्रबार

पोखराको मतगणनामा धाँधली भयो, पुनः मतगणना हुनुपर्छ- एमाले

kharibot

पोखरा । पोखरा महागरपालिकाको वडा नम्बर १८ मा नौ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । 

एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाएका छन् । ‘गणनामा गम्भीर त्रुटी छ । हराएको नौ मत हाम्रो हो,’ न्यौपानेले भने, ‘यो गणनामा गम्भीर आशंका छ ।’

उनले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताए । 

साथै कुल मत ४ हजार २४७ खसेकोमा ४ हजार २३८ मात्र भेटिएको थियो । ९ मत भेटिएको थिएन ।

पोखराका अन्य वडामा पनि केही मत तलमाथि भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै