• २०८१ बैशाख १४ शुक्रबार

टर्कीको चिन्ता सम्बोधन गरिने- नेटो महासचिव

kharibot

कोपेनहेगन [डेनमार्क] । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले सैन्य गठबन्धनमा सामेल हुन फिनल्याण्ड र स्वीडेनको आवेदनपछि उत्पन्न टर्कीको चिन्तालाई सम्बोधन गर्ने वाचा व्यक्त गरेका छन् ।

"हामीले टर्कीले व्यक्त गरेको चिन्तालाई सम्बोधन गर्दैछौं," उनले डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनसँग संयुक्त रूपमा यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हन् ।

फिनल्याण्ड र स्वीडेनले  नेटो सदस्यताका निम्ति हालै आवेदन गरेका छन् ।

स्टोल्टेनबर्गले फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुनका लागि दिएको निवेदनहरूलाई "सबै सहयोगीहरूको सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्ने आवश्यकताको रूपमा" समन्वयात्मक रूपमा निर्णय र व्यवस्थापन गरिने बताएका छन् । सो अवसरमा उनले नेटो "फिनल्याण्ड, स्वीडेन र टर्कीसँग नजिकको सम्पर्कमा रहेको" पनि उल्लेख गरेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीमाथि प्रतिबन्ध लगाएका फिनल्याण्ड र स्वीडेनको सम्मिलनमा आफू सहमत नहुने बताएका छन् ।

अङ्काराले कुर्दिस्तान वर्कर्स पार्टी र सिरियामा कुर्दिश मिलिशिया पिपुल्स डिफेन्स युनिटलाई उल्लेख गर्दै दुबै राष्ट्रले "आतङ्कवादी सङ्गठन" लाई समर्थन गरेको आरोप लगाएको छ ।

नेटो देशहरूसँगको आफ्नो भूमि सीमा दोब्बर भएको देख्न सक्ने रुसले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन बारम्बार चेतावनी दिँदै आएको छ ।

रुसले यस्तो कदमले बाल्टिक सागर क्षेत्रमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएर "सैन्य सन्तुलन पुनर्स्थापना" गर्न बाध्य पार्ने पनि बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै