• २०८१ बैशाख १६ आइतबार

स्थिर राजनीतिक प्रणालीले मात्र मुलुक उभो लाग्छ : महासचिव चन्द

kharibot

कर्णाली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्थिर राजनीतिक प्रणालीको विकास गर्न सकिए मात्र देश उभो लाग्ने बताएका छन् । 

नेकपा सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा महासचिव चन्दले अस्थिर राजनीतिक प्रणालीले मुलुक सही ढङ्गले अघि नबढ्ने बताए । “पूँजीलाई जनतातर्फ फर्काउने अर्थतन्त्रको विकास नहुन्जेलसम्म मुलुकमा परिवर्तन हुँदैन्”, उनले भने । 

नेपाली विशिष्टताको मौलिक समाजवाद आजको आवश्यकता भएको उल्लेख गर्दै महासचिव चन्दले यसबाट मात्र मुलुकमा देखिएको सङ्कटको समाधान हुने दाबी गरे । पछिल्लो समय नेकपाले उपभोग, उत्पादन र आत्मनिर्भर समाज निर्माण गर्नतर्फ जोड दिइरहेको उनको भनाइ थियो ।  

“मालिक बन्ने शिक्षालाई श्रम र उत्पादनसँग जोड्नु पर्छ । समृद्ध र आत्मनिर्भर मुलुकका लागि कृषि उत्पादन र उद्योगको विकासमा जोड दिनुपर्दछ”,महासचिव चन्दले भने ।

समाजवादी मोर्चाको गति अपेक्षित रुपले नबढे पनि अब रफ्तारमा जाने र सुरुमा माओवादीबीचको एकता गरी पछि कम्युनिष्ट घटकबीचको एकतामा जोड दिइने उनको भनाइ थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै