• २०८१ बैशाख २० बिहीबार

इलाम नगरपालिकामा कांग्रेसका थापा र दाहाल विजयी

kharibot

मङ्गलबारे । इलाम नगरपालिकाको  प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  

प्रमुखमा कांग्रेसका केदार थापा विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धीरेन चेम्जोङलाई दुई हजार ५२८ मतअन्तरले पछि पार्दै उनि विजयी भएका छन् । 

कांग्रेसका उम्मेदवार थापाले १३ हजार ११५ मत प्राप्त गर्दै विजयी भए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धीरेन चेम्जोङले १० हजार ५८७ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरे । उनले १३ हजार ५४२ मत प्राप्त गर्दै विजयी भए ।

प्रतिस्पर्धी एमालेकी  उम्मेदवार सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो ।

इलाम नगरपालिकामा जम्मा १२ वटा वडा छन् । नौ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने तीन वटा वडामा एमालेका उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै