• २०८१ बैशाख २० बिहीबार

भक्तपुर नगरपालिकामा नेमकिपाको क्लिन स्वीप

kharibot

भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले क्लिन स्वीप गरेको छ । यस नगरपालिकामा नेमकिपाले मेयर, उपमेयरसहित सबै वडामा जितेको हो । 

मेयरमा सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् । उनीहरु लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । त्यस्तै नेमकिपाले यस नगरपालिकाका साबि १० वडामा जित हासिल गरेको छ ।

मेयर पदका उम्मेदवार सुनिल प्रजापतिले २९००२ सय पाएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३१९९, नेकपा एमालेका रविन्द्र लाछिमस्युले २६६७ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा नेमकिपाकै रजनी जोशीले २९६९५ मत पाएर विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्दी एमालेकी रन्जना खर्बुजाले २७२४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १७४२ मत ल्याएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै