• २०८१ बैशाख २० बिहीबार

दशरथचन्द नगरपालिका-१ मा एमाले उम्मेदवार विजयी

kharibot

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-१ मा नेकपा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन् । 

भट्टले निवर्तमान वडाध्यक्षसमेत रहेका भुवनराज भट्टलाई २४ मतले पराजित गरेका छन् ।

विष्णुले ८१४ मत प्राप्त गर्दा भुवनले ७९० मत ल्याएका छन् ।

वडा नम्बर १ मा दुवै जनाको तीव्र प्रतिस्पर्धा भएको थियो ।

पराजित भएका भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुन् ।

दशरथचन्दको नगर प्रमुखमा भने एमालेका पुष्करराज जोशी (लख्खाभाइ)ले आफ्नो अग्रता कायमै राखेका छन् । 

यसअघि दशरथचन्द नगरपालिका-११ मासमेत एमालेकै जयदत्त पन्त विजयी भएका थिए । अन्य वडाको मतगणना बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै