• २०८१ बैशाख २१ शुक्रबार

इलाम नगरपालिका १ को अध्यक्षमा कांग्रेसका बस्नेत निर्वाचित

kharibot

इलाम । इलाम नगरपालिका-१ को अध्यक्षमा नेपाली कांग्रेसका गायत्रीराम बस्नेत निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेका उम्मेदवार अम्बिका गौतमलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

बस्नेतले ११ सय ८१ मत पाएका छन् । गौतमले एक हजार २२ मत प्राप्त गरेका छन् ।

गौतम यसअघि नेकपा एमालेबाट सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सदस्यमा नेपाली कांग्रसका मनकुमार गुरुङ, महिला सदस्यमा डायना राई, दलित महिला सदस्य मुनादेवी रसाइली विजयी भएका छन् ।

यस्तै, एक सदस्यमा भने नेकपा एमाले खड्गबहादुर गुरुङ विजयी भएका छन् ।

गठबन्धनका नेकपा एकिकृत समाजवादीका इन्द्रबहादुर कटुवाल भने सदस्यमा पराजित भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै