• २०८१ बैशाख १९ बुधबार

राष्ट्रपति बाइडेन बारे मस्कको टिप्पणी चर्चामा

kharibot

काठमाडौँ । ट्विटर किनेका एलन मस्कले अमेरिकी राष्ट्रपति जो बाइडेनबारे गरेको टिप्पणी अहिले चर्चामा रहेको छ ।

केहि दिन अघि हाल प्रतिबन्ध रहेको पुर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट फिर्ता गर्ने बताएका मस्कले बाइडेनले देशमा परिवर्तन चाहेर चुनाव नजितेको बताएका छन् ।

उनले भनेका छन्- 'बाइडेनको गल्ती यो हो कि उनी सोच्छन् कि उनी देश परिवर्तन गर्न छानिएका थिए, तर वास्तवमा सबैले देशमा अलि कम नाटक चाहन्थे ।'

सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरेका थिए ।

मस्क र बाइडेनबीच राम्रो सम्बन्ध नरहेको बताइन्छ । अमेरिकामा प्रमुख कार उत्पादन कम्पनिका प्रमुखसँग बाइडेनले छलफल गर्दा समेत मस्कलाई बोलाउने गरेका छैनन् भने आफ्ना भाषणहरुमा पनि बाइडेनले मस्कको कम्पनि टेस्लाको नाम लिने गरेका छैनन् । मस्कलाई ट्रम्प समर्थक मानिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै