मुम्बई । टाइगर सराफको नयाँ फिल्म बागी २ को ट्रेलर सार्वजनिक भएको छ ।
एक्शनले भरिपूर्ण ट्रेलरलाई दर्शकले अत्यधिक रुचाएका छन् । तर टाइगरको यस फिल्ममा उनले एक सिनमा सबै कपडा खोलेको विषय अहिले चर्चाको विषय बनेको छ । सो सिनमा कुनै अस्लिलता नदेखाई टाइगरलाई बिना कपडा देखाइएको छ ।
फिल्ममा अभिनेताहरुले आफ्नो पुरै कपडा खोलेको यो पहिलो पटक भने होइन । यस अघि अभिनेता जोन अब्राहमले फिल्म न्युयोर्कमा पनि एक सिनमा सबै कपडा खोलेर निबस्त्र भएको सिन दिएका थिए । त्यस्तै फिल्म जेलका लागि अभिनेता निल नितिन मुकेशले एक सिनमा आफ्ना सबै कपडा खोलेको सिन दिएका थिए । त्यस्तै फिल्म पिकेमा अभिनेता आमिर खानले पनि आफ्ना सबै कपडा खोलेर रेडियो बोकेको चर्चित सिन दिएका थिए । त्यस्तै नेशनल अवार्ड विजेता राजकुमार रावले पनि फिल्म शाहिदको एक सिनमा बिना कपडा देखिएका थिए ।
फिल्म बागी २ मा निबस्त्र देखिएका टाइगरले ट्रेलरमा जस्तै फिल्ममा सफलता पाउछन या पाउदैनन् त्यो भने आगामी मार्च ३० मा थाहा हुने छ । यस फिल्ममा टाइगरकि प्रेमिका दिशा पटानी, मनोज वाजपेयी, रणदीप हुडा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई साजिद नाडीयाडवालाले निर्माण गरेका हुन् भने फिल्मलाई अहमद खानले निर्देशन गरेका छन् ।