• २०८१ बैशाख १६ आइतबार

टाइगरले जिते दर्शकको मन, पहिलो पटक सय करोड क्लबमा 

kharibot

बलिउड । अभिनेता टाइगर श्राफको फिल्म बागी २ भारतीय बक्स अफिसमा राम्रो कमाई गरेको छ । रिलिजको छैठौ दिन फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ ।

फिल्मले रिलिजको पहिलो दिन २५ करोड व्यापार गर्न सफल भएको थियो भने दोस्रो दिन २०.४० करोड, तेस्रो दिन २७.६० करोड, चौथो दिन १२ करोड, पाचौ दिन १०.६० करोडको व्यापार गरेको थियो ।  

फिल्मले रिलिजको छैठौ दिन ९.५० करोडको व्यापार गर्दै रिलिजको छैठौ दिन सय करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले अहिलेसम्म १०५ करोडको व्यापार गरेको छ । फिल्मलाई अहिले पनि दर्शकले अत्यन्त मन पराएका छन् ।   

फिल्मले २०१८ मा रिलिज भएका फिल्ममध्ये सबैभन्दा राम्रो व्यापार गरिरहेको छ । यस बर्ष भारतीय बक्स अफिसमा पद्मावतले पहिलो दिन १९ करोड व्यापार गरेको थियो । त्यस्तै अक्षयकुमारको फिल्म प्याडम्यानले रिलिजको पहिलो दिन १०.२६ करोड र अजय देवगनको फिल्म रेडले रिलिजको पहिलो दिन १० करोडको व्यापार गरेको थियो ।     

फिल्ममा टाइगरको दमदार एक्सन एक्सन दर्शकहरुले अतिनै मन पराएका छन् । साथै उनकी असली जीवनकी प्रेमिका दिशा पटानीसँगको पहिलो फिल्मको रुपमा दर्शकले दुवैको केमेस्ट्रीलाई पनि मन पराएका छन् ।  फिल्मको निर्देशन पक्षलाई पनि अत्यन्त मन पराइएको छ ।

कोरियोग्राफर अहमद खानले निर्देशन गरेको यो फिल्म बागी २ चलचित्र बागीको अर्को श्रृङ्खला हो । फिल्ममा टाइगरसँगै उनकी प्रेमिका दिशा पटानी, रणदीप हुडा, मनोज बाजपेई र प्रतीक बब्बरले अभिनय गरेका छन् ।

सन २०१४ मा हिरोपन्तिबाट बलिवुडमा डेभ्यु गरेका टाइगरले २०१६ मा बागी र फ्लाइङ जाट, त्यस्तै २०१७ मा मुन्ना माइकलमा अभिनय गरिसकेका छन् ।  टाइगरको यसै बर्ष स्टुडेन्ट अफ द इयर-२ रिलिज हुदै छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै