काठमाडौँ । हलिवुड अभिनेता विल स्मिथले एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एन्ड साइन्सेजबाट राजीनामा दिएका छन्।
गत साता ओस्कार अवार्डमा स्टेजमा प्रस्तोता क्रिस रकलाई थप्पड हानेपछि उत्पन्न परिस्थितिलाई ध्यान दिदै स्मिथले एकेडेमीको सदस्यबाट राजीनामा गरेको घोषणा गरेका हुन् ।
स्मिथले राजीनामा दिदै भनेका छन्- 'म एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेजको सदस्यताबाट राजीनामा दिँदैछु, र बोर्डले उपयुक्त ठानेका कुनै पनि थप परिणामहरू स्वीकार गर्नेछु ।
साथै स्मिथले आफुले फेरी यस्तो कहिल्लै नगर्ने प्रतिबद्धता पनि गरेका छन् ।
ओस्कार अवार्ड सम्मारोहको सो घटनापछि एकेडेमीले स्मिथलाई अनुशासनको कारवाही गर्ने घोषणा गरिसकेको छ । एकेडेमीको बोर्डको अप्रिल १८ मा बस्ने बैठकले यस विषयमा थप निर्णय लिने एकेडेमीले बताएको छ ।
यता ओस्कार अवार्डकै दिन प्रहरीले स्मिथलाई पक्राउ गर्न तयारी गरेपनि थप्पड खाने कमेडियन क्रिस रकले उजुरी दिन अस्विकार गरेको खुलासा भएको छ । प्रहरीले स्मिथविरुद्ध क्रिसले उजुरी दिएमा उनलाई तत्काल पक्राउ गर्ने तयारी समेत गरेकोमा क्रिसले आफुले कुनै किसिमको उजुरी नगर्ने बताएपछि स्मिथ पक्राउबाट जोगिएको बताइएको छ ।









