• २०८१ बैशाख २४ सोमबार

युक्रेनले तेल भण्डारमा आक्रमण गरेपछि वार्ताको वातावारण बिग्रिने रुसको चेतावनी

kharibot

काठमाडौँ । रुसले आफ्नो तेल भण्डारलाई निशाना बनाएर युक्रेनले आक्रमण गरेपछि जारी शान्तिवार्तामा असर पुग्ने चेतावनी दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यस्तो आक्रमणले वार्ताका लागि अनुकूल अवस्था नबनाउने बताएका छन् ।

बेलग्रेडका गभर्नरले युक्रेनका दुई हेलिकप्टरले रुसी भूमिमा आक्रमण गरेको दाबी गरेका छन् ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार, पेस्कोभलाई मिडिया ब्रीफिङका क्रममा यस्ता घटनाले वार्ताको वातावरण कायम राख्न मद्दत नगर्ने बताएका हुन् ।

पेस्कोभले प्रशासनले बेलग्रेडमा इन्धन आपूर्ति श्रृंखला कायम राख्न हरेक प्रयास गरिरहेको बताएका छन् ।

युक्रेनको खर्किभबाट नजिक रुसी क्षेत्रमा रहेको तेल डिपोमा हेलिकप्टरले आक्रमण भएपछि आगो लागेको थियो । सो आक्रमण पछि १६ हजार क्युबिक मित्र तेलमा आगो लागेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

युक्रेनको रक्षा मन्त्रालयले बहने यस बारेमा अहिलेसम्म केहि प्रतिक्रिया दिएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै