काठमाडौँ । लस एन्जलसको डल्बी थिएटरमा ९४औं ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ । यसैबीच, स्टेजमा भएको एक घटना अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।
स्टेजमा कमेडियन क्रिस रकले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरेपछि अभिनेता स्मिथले आफ्नो सिटबाट उठेर स्टेजमा गए र क्रिसलाई जोडले थप्पड हानेका थिए । आफ्नो श्रीमतीको नाम कहिल्यै मजाक नगर्नु भन्दै अभिनेता स्मिथले अभिनेता रकलाई चेतावनी दिएका थिए । क्रिस रक एक अमेरिकी हास्य कलाकार हुन् ।
अभिनेता स्मिथले फिल्म किंग रिचर्डबाट ओस्कारको उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।
स्मिथले फिल्ममा टेनिस स्टार सेरेना र भेनस विलियम्सका बुबा राजा रिचर्डको भूमिका निभाएका थिए ।
अवार्ड जितेपछि अभिनेता स्मिथले आफ्नो भाषणमा अभिनेता क्रिस रकसँग माफी मागेका थिए ।
सम्बोधनमा उनले अवार्ड समारोहमा घटेको घटनाप्रति दुःख व्यक्त गर्दै भने, ‘म एकेडेमीसँग माफी माग्छु, मनोनित मेरा सबै सहकर्मीसँग माफी माग्न चाहन्छु ।
भिडियोमा हेरौं:









