• २०८१ बैशाख १८ मंगलबार

सिंहदरबारमा नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय बैठक शुरु

kharibot

काठमाडौं । नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा नारायण खड्काले गर्नेछन् भने  चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङले गर्नेछन् । 

बैठमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल हुने छ । बैठकपछि दुई देशबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । 

चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै