• २०८१ बैशाख २० बिहीबार

रुस-युक्रेन युद्ध प्रति रिसाउँदै अभिनेत्री रेबेलले पुटिनलाई देखाईन माझी औंला

kharibot

काठमाडौं । अस्ट्रेलियाली अभिनेत्री रेबेल विल्सनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनप्रति लक्षित गर्दै ‘माझी औंला’ देखाएकी छन् । उनले युक्रेनमा रुसले गरेको हमलाको विरोध गर्दै पुटिनलाई ‘माझी औंला’ देखाएकी हुन् ।

एमिलिया जोन्सको प्रस्तुतिबारे बोल्दै उनले मञ्चमा दुई सांकेतिक भाषा रहेको उल्लेख गरेर ‘माझी औंला चाहिँ पुटिनलाई हो’ भन्दै देखाएकी थिइन् ।
‘बाफ्टा अवार्ड’ को मञ्चमा पुटिनलाई ‘माझी औला’ देखाएकी यी अभिनेत्री प्रायः चर्चामा आउँछिन् । रेबेल प्रख्यात महिला कमेडियनका रूपमा चिनिन्छिन् । उनी अस्ट्रेलियामा टेलिभिजन र थिएटर करियरमा सफल कलाकार हुन् । उनले एमटीभी मुभी र टिन च्वाइस जस्ता प्रख्यात अवार्ड पनि जितिसकेकी छन् ।

सन् २०१५ मा महिला दिवसमा प्रकाशित एक लेखमा रेबेलमाथि उनको नाम, उमेर र स्थानबारे झुटो बोलेको आरोप लागेको थियो । यो विषयमा रेबेलले बाउर मिडिया म्यागाजिनविरुद्ध मानहानीको मुद्दा दर्ता गराएकी थिइन् ।

उनले आफ्नो हाई–प्रोफाइल मानहानी मामिलामा करिब १ दशमलब ४ मिलियन डलर बढी खर्च गरेकी थिइन् । अन्ततः भिक्टोरियाको सर्वोच्च न्यायालयले पत्रिकालाई ४ दशमलब ५ मिलियन डलरभन्दा बढी जरिवाना भुक्तानको आदेश दिएको थियो ।

७५औं संस्करणको ‘बाफ्टा फिल्म अवार्ड’को सञ्चालन गरिरहँदा रेबेलले आफूलाई फ्याट टु फिट बनाएकी थिइन् । उनको नयाँ लुक्सलाई लिएर निकै चर्चा भएको थियो । उनले ३२ किलो वजन घटाएकी थिइन् ।

रेबेलका अनुसार उनी पहिला पोलिसिस्टिक ओवर सिन्ड्रोमबाट पीडित थिइन् । २० वर्षको उमेरदेखि नै उनको तौल बढ्न थालेको थियो । कमेडियन बनेपछि स्वस्थ रहनका लागि तौल घटाउने योजना बनाएकी थिइन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै