• २०८१ बैशाख २२ शनिबार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुन: निर्वाचित

kharibot

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह पुन: निर्वाचित भएका छन् । सिंहले ७६५ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिस्पर्धी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार हुमनाथ कोइरालाले भने जम्मा ३२ मत मात्र ल्याएका छन् ।

सिंह यसअघि अध्यक्ष र पाण्डे वरिष्ठ उपाध्यक्ष थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) विजयी भएका छन् ।

शुक्रबार सुरु महासंघको २३औं साधारणसभा तथा १२ औं अधिवेशनबाट उपाध्यक्षहरूमा प्रदेश १ बाट मोहनप्रसाद अधिकारी, मधेस प्रदेशबाट शम्भु ठाकुर, वाग्मती प्रदेशबाट बालकृष्ण थापा, लुम्बीनीबाट टोपबहादुर रायमाझी, कर्णालीबाट रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा रोशन दाहाल, उपमहासचिव नितिगततर्फ शिवहरी घिमिरे, उपमहासचिव आन्तरिकतर्फ नरहरी थपलिया,कोषाध्यक्ष हिरान श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष शाह विजयी भएका छन् । महासंघको पूर्ण समितिमा ५९ सदस्य हुने भए पनि हाल ४६ सदस्यका लागि मात्र निर्वाचन भएको हो । अन्य सदस्यहरू मनोनित र पदेन हुने निर्वाचन समितिले जनाएको छ ।

कुल मतदाता संख्या ११९८ रहेपनि मत भने ११८१ खसेको थियो । २०५४ सालमा स्थापना भएको महासंघले सबै जिल्लामा संघहरू, सातै प्रदेशमा क्षेत्रीय संघ, केन्द्रिय स्तरमा २८३ एसोसिएट सदस्यहरू र एक वस्तुगत संघको छाता संस्थाका रूपमा काम गर्दै आएको छ । देशभर निर्माण व्यवसायीको कुल संख्या १५ हजार ४६ रहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै