• २०८३ मङ्सिर २ बुधबार

एभर्टनलाई रेलिगेसनको खतरा !

एभर्टनलाई रेलिगेसनको खतरा !

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टन वोल्भ्ससँग पराजित भएको छ । आइतबार भएको खेलमा एभर्टन वोल्भ्ससँग १-० गोल अन्तरले पराजित भएको हो ।

एभर्टनको प्रिमियर लिगमा यो लगातार चौथो हार हो ।

एभर्टन साउथहम्पटन, म्यानचेस्टर सिटी, टोटनह्याम र वोल्भ्ससँग लगातार हार बेहोरेर रेलिगेसन जोन नजिक पुगेको छ र रेलिगेसनको खतरा मडारिएको छ । एभर्टनले हार बेहोरेका चारै खेलमा गोल गर्न असफल भएको छ ।

टिमको लगातारको खराब प्रदर्शन पछि हालै प्रशिक्षकको जिम्मेवारी सम्हालेका फ्र्यांक लाम्पार्ड पनि दबाबमा परेका छन् ।

यो हारपछि एभर्टनको २६ खेलमा २२ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ । 

त्यस्तै यस खेलमा जित हासिल गरेर वोल्भ्सको २९ खेलमा ४६ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै