काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ ।
आइतबार सम्पन्न खेलमा चेल्सीले न्यूक्यासललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा खेलको ८९औं मिनेटमा काइ हाभेर्टजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि चेल्सीको प्रिमियर लिगमा २८ खेलमा ५९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा कायम रहेको छ ।
त्यस्तै न्यूक्यासलको भने २८ खेलमा ३१ अंक रहेको छ भने लिगमा १४औँ स्थानमा रहेको छ ।









