• २०८१ बैशाख २३ आइतबार

विदेशबाट नेपाल आउँदा खोप कार्ड वा पीसीआर मध्ये एउटा भए पुग्ने

kharibot

काठमाडौं । विदेशबाट नेपाल आउने यात्रुले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ ।

खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याएमा क्वारेन्टिन पनि बस्नु नपर्ने अध्यागमन विभागले जनाएको छ । नयाँ व्यवस्थानुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु खोप कार्ड वा पीसीआर नेगेटिभको रिपोर्ट देखाए निर्वाध नेपाल आउन पाउने छन् ।

नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने छ। खोप लगाएको प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परीक्षणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् ।

हवाई मार्ग वा स्थलमार्ग भइ विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकतानुसार परीक्षण गर्ने, थप कडाइ गर्ने वा नगर्ने निर्णय अब कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाटै हुने अध्यागमन विभागले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै