• २०८१ बैशाख १५ शनिबार

क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्सले पाए चर्चित नोवेल 'लू' को कपिराइट 

kharibot

काठमाडौँ । क्लास्सिक टेकको सिस्टर कम्पनी कारो फिल्म्सका कार्यकारी निर्देशक निशा खरेल र  लेखक नयन राज पाण्डे बीच  चर्चित नोवल लू को कपिराइट हस्तान्तरण भएको छ । चलचित्र लू को पटकथा पनि लेखक नयन राज पाण्डे ले नै लेख्ने भएको छ । यो भए संगै कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं रमणीय र  ठुला बजेटको चलचित्र हरु आगामी दिन हरुमा निर्माण गर्ने उद्देस्य ले आफ्नो स्थापना भएको बताएको छ । 

यस कम्पनीले नया अत्याधुनिक  प्रबिधिको  फिल्मी सामग्रीहरु नेपालमा भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको  बताएको छ ।यसले नेपाली फिल्म जगतलाई अझै गुणस्तर बढाउने  र रोजगारी पनि सृझाना गर्ने छ । क्लास्सिक टेकको मुख्य कार्यालयमा सो समारोह सम्पन्न भएको थियो। 

यस संगै आगामी दिन मा कारो फिल्म्सले अरु पनि  वेब सिरिज , रियालिटी शोहरु निर्माण  गर्ने बताएको छ ।  

साथै आउने दिन मा नेपाल को फिल्मी क्षेत्र मा उत्कृस्ट प्रबिधि भित्र्याउने र ठुला बजेटका चलचित्रहरु बनाएर  नेपाली चलचित्र क्षेत्रलाई नया उचाइमा लैजाने करो फिल्मको उदेस्य रहेको कार्यकारी निर्देशक निशा खरेलले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै