काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एल्चेमाथि संघर्षपूर्णजित हासिल गरेको छ ।
आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४४औं मिनेटमा फिडेल चाभेजको गोलमा शुरुवाती अग्रता लिएको एल्चेले खेलको ६६औँ मिनेटमा गोल खाएको थियो । बार्सिलोनाका लागि फेरान टोरेजले बराबरी गोल गरेका थिए ।
त्यसपछि खेलको ८४औ मिनेटमा बार्सिलोनाका लागि मेम्फिस डिपेले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाएका थिए ।
खेलको ८८औ मिनेटमा एल्चेका जाभियर पास्टोरेले रातो कार्ड पाएपछि एल्चे १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोना ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २६ खेलमा ४८ अंक रहेको छ ।
त्यस्तै एल्चेको २७ खेलमा २९ अंक छ र लिगमा १४औं स्थानमा रहेको छ ।









