पेटमाथि छपछपी खर्बुजा काटेर यसरी बन्यो १ मिनेटमै कीर्तिमान (भिडियोसहित) 

खरीबोट

दक्षिण एसिया । भारतका दुई युवाले खतरनाक काम गरी गिनिज रेकर्डमा नाम लेखाएका छन् ।

जिम्मी खरादी र बाजी कसड नामका दुई युवाले पेटलाई अचानो बनाएर तरबारले खर्बुजा कार्टी विश्व रेकर्ड दर्ता गराएका हुन् । 

खरादीको पेटमाथि राखिएका खर्बुजाहरु ३० इन्च लामो तरबारले कसडले छपछपी काटेका थिए । रेकर्ड बनाउने क्रममा उनले ४८ वटा खर्बुजा काटेका थिए ।

सो क्रममा जापानी तरबार प्रयोग गरिएको थियो, जसले सजिलै पेट काट्नसक्थ्यो ।  ४८ वटा खर्बुजा तरबारले काट्दा समेत खरादीको पेटमा धारिलो तरबारले अलिकति पनि छोएन ।  

भिडियो हेर्नुहोस : 

 

यसक्रममा एउटा खर्बुजा पूरै नछिनेको र अर्को एउटा समयभन्दा पछि काटिएको कारण रद्द भए पनि उनीहरुको रेकर्ड गिनिजमा दर्ता भएको छ । सो क्रममा काटिएका खर्बुजाहरु सबै उक्त समारोहमा उपस्थितलाई बाँडिएको थियो । 

सम्बन्धित समाचार

टि-२० क्रिकेटमा अष्ट्रेलियाले बनायो कीर्तिमान

काठमाडौं । टि-२० क्रिकेटमा अष्ट्रेलियाले कीर्तिमान कायम गरेको छ  ।  त्रिकोणात्मक श्रृङखला अन्तर्गत न्युजिल्याण्डसँगको खेलमा २४४ रनको लक्ष्य पुरा गरेर अष्ट्रेलियाले कीर्तिमान कायम गरेको हो  । जितका लागि पाएको २४४ रनको

पेटमाथि छपछपी खर्बुजा काटेर यसरी बन्यो १ मिनेटमै कीर्तिमान (भिडियोसहित) 

दक्षिण एसिया । भारतका दुई युवाले खतरनाक काम गरी गिनिज रेकर्डमा नाम लेखाएका छन् । जिम्मी खरादी र बाजी कसड नामका दुई युवाले पेटलाई अचानो बनाएर तरबारले खर्बुजा कार्टी विश्व रेकर्ड

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको कीर्तिमानी जित 

काठमाडौँ । इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार १६औं खेल जित्दै कीर्तिमान बनाएको छ ।  सिटी एकै सिजनमा लगातार सबैभन्दा धेरै खेल जित्ने टिम बनेको हो । घरेलु

च्याम्पियन्स लिगमा लिभरपुलको कीर्तिमानी जित

काठमाडौँ ।  च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले गोलको वर्षा गर्दै जित हासिल गरेको छ । स्लोभेनियाको क्लब मारिबोरलाई उसैको मैदानमा भएको खेलमा लिभरपुलले ७