• २०८१ बैशाख १७ सोमबार

बार्सिलोनाको संकट बढ्यो, लुइस स्वरेज भए घाइते  

kharibot

नयाँ सिजन सुरु नहुदै स्पेनिस क्लब बार्सिलोनाको संकट बढ्दै गएको छ ।

नेइमारले क्लब छेडेर पिएसजी गएपछि बार्सिलोनाको चर्चित ‘एमएसएन’ ग्रुप एमएस मात्र भएको अवस्थामा रियल म्याड्रिडविरुद्धको दोस्रो लिगमा लुइस स्वरेज घाइते भएपछि बार्सिलोनाको संकट बढेको हो ।

रियलविरुद्ध सुपर कपको खेलका क्रममा घाइते भएका स्वरेजले कम्तिमा पनि ५ ला लिगाका खेल गुमाउने गरी घाइते भएपछि बार्सिलोनाको संकट थपिएको हो । स्वरेजको दाहिने घुडामा चोट लागेको र उनि कम्तिमा एक महिना मैदान बाहिर हुने बार्सिलोनाले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

स्पेनिस सुपर कपको दुवै खेलमा चीर प्रतिद्वन्दी रियल म्याड्रिडसँग पराजित भएको बार्सिलोनालाई स्वरेज घाइते भएपछि दबाब बढेको छ । ला लिगाको नयाँ सिजन आगामी शनिबारबाट सुरु हुदै छ । 

नेइमारले छोडेपछि ब्राजिलियन फरवार्ड पौलिन्होलाई भित्राएको बार्सिलोनाले लिभरपुलका कोन्टिन्हो र डोर्टमण्डका डेम्बेलेलाई किन्ने प्रक्रिया अन्योलमा परेपछि बार्सिलोना थप दबाबमा परेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै