• २०८१ बैशाख १७ सोमबार

भेनेजुएलाको जेलमा कैदीबीच भिडन्त हुदा ३७ कैदी मारिए

kharibot

फाइल तस्विर

काराकस । दक्षिणी भेनेजुएलाली राज्य अमेजोनमा रहेको एक जेलमा कैदीहरुबीच भएको हिंसामा परी ३७ कैदीको मृत्यु भएको समाचार छ । 

भेनेजुएलाको महान्यायधिवक्ता कार्यालयले सोमबार बिज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो । उक्त जेलमा रहेका कैदी र प्रहरीबीच भएको यस झडपमा १४ जना प्रहरी अधिकारी पनि घाइते भएका जानकारी दिइएको छ । 

अमेजोन राज्यका गभर्नर लिबोरियो गुआरुल्लाले पुइर्टो आयाचुचो सहरमा भएको यस घटनाको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । यस घटना के कसरी हुन पुग्यो भन्ने बारेमा अनुसन्धान सुरु भएको जनाइएको छ । भेनेजुएलामा हालका बर्षहरुमा जेलमा हुने गरेका यस्ता घटनाहरुबाट कैयौँको ज्यान गएको छ । 

गत अप्रिलमा यहाँको पूर्वी राज्य एनजोएटगु्इमा रहेको जोसे अन्टोनियो एनजोएटगु्इ राज्यमा रहेको एक जेलमा भएको हिंसामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका थिए । 

त्यसैगरी सन् २०१३ को जनवरीमा उत्तरी भेनेजुएलाको उरीबाना जेलमा कैदी सुरक्षा गार्डबीच भएको भडपका परी ६१ व्यक्ति मारिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै