• २०८१ बैशाख १५ शनिबार

विप्लवका कार्यकर्ताद्वारा चुडामणि शर्माको घरमा तोडफोड

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चुडामणि शर्माको घरमा तोडफोड गरेका छन् । 

निलम्बित आन्तरिक राजश्व विभागका महानिर्देशक शर्माको घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताले मंगलबार अपराह्न तोडफोड गरेका हुन् ।

भ्रष्टाचारको अभियोग लागेका श्रमको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलस्थित घरमा तोडफोड भएको छ । विप्लवका कार्यकर्ताले हानेको ढुंगा लागेर उनको घरको सिसा तथा पर्खालमा क्षति पुगेको छ ।

विप्लवका कार्यकताले उनको घरको गेटमा सम्पत्ति राष्ट्रियकरण गर्न मागसहितको ब्यानर र कम्युनिस्ट पार्टीको झण्डासमेत झुण्डाएका छन् ।

प्रहरीले तोडफोडमा संलग्न केहीलाई पक्राउ गरेको बताएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै