• २०८१ बैशाख १४ शुक्रबार

नेप्सेमा पुन: गिरावट, सबै सुचक घट्दा नेप्से पुरै रातो

kharibot

काठमाडौ । नेप्सेमा गिरावट आएको छ । साताको दोस्रो कारोवार दिन सोमबार दुबै सुचक घट्दा नेप्से पुरै रातो भएको छ । 

नेप्से १० दसमलव ४६ अंकले घटेर १४ सय दसमलव पाँच बिन्दुमा पुग्दा सेन्सिटिभ दुई दसमलव १५ अंकले घटेर दुई सय ९५ दसमलव ७९ बिन्दुमा पुगेको छ ।

एक सय ५४ कम्पनीहरुको तीन हजार आज सय ९४ वटा कारोवारमा नौ लाख १५ हजार पाँच सय २३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुदा कारोवार रकम ३० करोड ७८ लाख ३५ हजार चार सय ५४ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज सबैगरी १० वटा समुहको कारोवार भएकोमा बीमा समुहको सुचकमा सबैभन्दा ठुलो गिरावट आएको छ । उक्त समुहको सुचक ८४ दसमलव ८१ अंकले घटेर सात हजार एक सय छ दसमलव ७५ बिन्दुमा झरेकोमा चार करोड ६६ लाख ९९ हजार सात सय  रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

बाँणिज्य बैंक समुहको सुचक सात दसमलव नौ अंकले घटेर १२ सय २२ दसमलव तीन बिन्दुमा झरेकोमा १२ करोड ७१ लाख ३८ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 
बिकास बैंक समुहको सुचक पनि आज १४ दसमलव १९ अंकले घटेर १५ सय ७४ दसमलव ५४ बिन्दुमा पुगेकोमा एक करोड ४२ लाख ५८ हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यसैगरी जलबिद्युत समुहको सुचक ३० दसमलव दुई अंकले घटेर १७ सय ८७ दसमलव ४८ बिन्दुमा झरेकोमा पाँच करोड ५६ लाख ७४ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाईनान्स, ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको कारोवार सुचक पनि आज उच्च अंकले घटेकाछन । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको नयाँ नेपाल लघुबित्त बिकास बैकको सेयर मुल्य तीन रुपैयाँ ४१ पैसाले बढेर २३ सय ९९ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा परेको गुहेश्वरी मर्चेन्ट बैैकिङ एण्ड फाईनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ७६ पैसाले घटेर एक सय ४७ रुपैयाँमा कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको सानिमामाई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता तीन सय ९९ रुपैयाँमा तीन करोड ३९ लाख २८ हजार दुई सय ५५ रुपैयाँको सेयर कारोवार भएको छ । 

यसैगरी नबिल बैंकको पनि आज एक हजार ७७ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ३१ लाख २१ हजार आठ सय तीन रुपैयाँको सेयर कारोवार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै