• २०८१ बैशाख १५ शनिबार

बनेपामा गुराँस लाइफको अभिकर्ता तालिम

kharibot

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बनेपाको आयोजनामा आधा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ ।

चार दिनको आधारभूत तालिममा २० जना सहभागीहरुको उपस्थिति रहेको थियो । आधारभूत तालिम संस्थाका मार्केटिङ्ग टिर्पाटमा कार्यरत रमेश न्यौपानेले दिएका थिए ।

बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा तथा अभ्यासहरुको जानकारी साथसाथै जीवन बीमामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भूमिकाको बारेमा न्यौपानेले तालिममा सहभागीहरुलाई स्पष्ट पार्दै सफल बीमा अभिकर्ता भई कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा प्रकट गरे । 

तालिमको औपचारिक समापन गर्दै शाखा कार्यालय बनेपाका शाखा प्रमुख चण्डिका वाग्लेले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने तथा अभिकर्ताको समेत आम्दानी हुने बताए । जीवन बीमाको सम्भावना व्यापक रहेको परिप्रेक्ष्यमा यस तालिममा सहभागी भई यस गुँरास लाइफ इन्स्योरेन्स कम्पनीप्रति सद्भाव राखी कम्पनीको परिवारमा केही गर्छु भनी उत्साहपूर्वक संलग्न भएकोमा सहभागी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरे ।

आफ्नो पेशाप्रति जिम्मेवार भई कार्य गर्न अनुरोध गर्दै अभिकर्ताको मूल्य र मान्यतालाई सदैव कायम राखी बीमा व्यवसायलाई मर्यादित ढङ्गले अगाडि बढाउन बीमा अभिकर्ता आचारसंहिताको अक्षरशः पालना गरी कम्पनीको गरिमा र छविलाई उच्च राख्न आग्रह गरे ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै