काठमाडौँ । इङलिश प्रिमियर लिगमा आर्सनल पराजित भएको छ । गएराती भएको खेलमा आर्सनल स्वान्सी सिटीसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
खेलको ३३औ मिनेटमा आर्सनलले नाचो मोनरियलको गोलमा अग्रता लिएपनि हारबार भने बच्न सकेन । स्वान्सीका लागि खेलको ३४औ मिनेटमा साम क्लुकासले गोल गर्दै खेल बराबरी गरेका थिए भने ६१औ मिनेटमा जोर्डन अयेवले गोल गर्दै स्वान्सीलाई २-१ को अग्रता दिलाएका थिए । खेलको ८६औ मिनेटमा क्लुकासले दोस्रो गोल गर्दै स्वान्सीलाई ३-१ गोल अन्तरले विजयी बनाएका थिए ।
अघिल्लो खेलमा लिभरपुललाई १-० गोल अन्तरले हराएको स्वान्सीले यो खेलमा आर्सनललाई हराएर यस सिजनमा लागातर दोस्रो जित हासिल गरेको छ ।
यस खेलमा हार पछि आर्सनल २५ खेलमा ४२ अंक सहित लिगमा छैठौ स्थानमा रहेको छ भने स्वान्सी सिटी २५ खेलमा २३ अंक सहित लिगको १७औ स्थानमा रहेको छ ।