• २०८१ बैशाख १८ मंगलबार

सप्तरीको कुशहा–बेल्ही सडकको काम अलपत्र

kharibot

तस्वीर : राजु विश्वकर्मा

लहान । ठेकेदार कम्पनीको लापर्बाहीका कारण समय सकिँदासमेत निर्माणाधीन सप्तरीको कुशहा–बेल्ही सडकको काम पूरा हुन सकेको छैन । 

उक्त योजनाअन्तर्गत निर्माण गरिएका सडक र नाला एक वर्ष नबित्दै भत्किन थालेका छन् । राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते सकिएको हो । अहिलेसम्म ५० प्रतिशत काम समेत हुन सकेको छैन । निर्माण भएका सडक र नाला ठाउँ ठाउँमा भत्किएका छन् । 

कूल रु ११ करोड एक लाख ७९ हजार लागतमा निर्माण भएका ती संरचना एक वर्ष नबित्दै भत्किन थालेका छन् । ठाउँ ठाउँमा कालोपत्र उप्किनुका साथै ठाउँ ठाउँमा खाल्टाखुल्टी छन् । हालसम्म रु सात करोड ३५ लाख ९४ हजार बजेट निकासा भएको छ ।

जिल्ला प्राविधिक कार्यालय सप्तरीले श्री पप्पु मृतसञ्जिवनी जेभी खसीबजार काठमाडौँलाई सो निर्माणको जिम्मा दिएको हो । कुशहादेखि बेल्हीस्थित भारतीय सीमावर्ती क्षेत्रसम्म करिब साढे १६ किमी सडक निर्माण समयमा पूरा नहुँदा विभिन्न ठाउँमा खाल्टाखुल्टी छन् । 

जिल्ला प्राविधिक कार्यालयका प्रमुख कृष्णकुमार मिश्रले सडक निर्माणको ठेक्का लिएका ठेकेदार सम्पर्कमा नरहेको बताएका छन् । उनले निर्माण गर्ने समय सकिएकाले केही समय थप्न ठेकेदार कम्पनीबाट निवेदन आए पनि त्यसयता सडक निर्माणका कुनै काम शुरु हुन नसकेको बताएका हुन् । बिग्रिएको ठाउँमा ठेकेदार कम्पनीबाटै सडक मर्मत गराउने उनको भनाइ थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै