• २०८१ बैशाख १७ सोमबार

आइपिएल अक्सन : रिक्सा चालकको छोरा करोडपति, अरबपतिको छोराको मुल्य ३० लाख !

kharibot

काठमाडौँ । अहिले नेपालमा इन्डियन प्रिमियर लिग (आइपिएल) को चर्चा ह्वात्तै बढेको छ । नबढोस पनि किन नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आइपिएलमा खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । नेपाली क्रिकेटका फ्यानहरुलाई सोमबार खुशीको दिन बनेको छ । तर हामीले आइपिएलका केहि रोचक घटना उल्लेख गर्न खोजेका छौ ।

आइतबार र सोमबार भएको खेलाडी अक्सनमा अनेकौ रोचक घटना भएका छन् । आइपिएल टिमले कैयौ चर्चित खेलाडीहरु सस्तैमा किनेका छन् भने कैयौ नाम नसुनेका र नयाँ खेलाडीलाई पैसाको बर्षात गरेका छन् ।

टि-२० क्रिकेटमा अत्यन्त चर्चामा रहेका क्रिस गेललाई किंग्स इलेभेन पंजावले २ करोडमा किनेको छ । गेललाई सुरुवाती अक्सनमा कुनै टिमले लिएका थिएनन् । तर अन्त्यमा पुन:अक्सनमा राखेको बेला पंजावले गेललाई किनेको छ । उनको खेल शैलीलाई हेर्दा पंजावले गेललाई निकै सस्तोमा किनेको छ । त्यस्तै पंजावले भारतीय अलराउण्डर युवराज सिंहलाई पनि २ करोडमा किनेको छ । त्यस्तै एक समयका चर्चित अफ स्पिनर हरभजन सिंहलाई चेन्नई सुपर किंग्सले २ करोडमा किनेको छ । यी केहि उदाहरण हुन् जो क्रिकेटमा ठुला नाम भएपनि आइपिएलमा सस्तोमा बिक्रि भएका छन् ।

त्यस्तै अक्सनमा हैदरावादका एक रिक्सा चालकका छोरा मोहमद सिराजलाई रोयल च्यालेन्जर्स बैंगलोरले २ करोड ६० लाखमा किनेको छ । तर भारतीय अरबपति उद्योगी कुमार मङ्गलम बिडलाका छोरा आर्यमन बिडलालाई राजस्थान रोयल्सले ३० लाखमा किनेको छ । २३ बर्षिय सिराजले २०१७ मा न्युजील्याण्डविरुद्ध भारतीय राष्ट्रिय टिममा डेभ्यु गरेका थिए । गत आइपिएलमा उनले दिल्लीबाट खेल्दै ६ खेलमा १० विकेट लिएका छन् । त्यस्तै आर्यमनभने गत बर्ष भारतीय घरेलु लिग रणजी ट्रफी खेलेपनि उनको प्रदर्शन त्यति राम्रो देखिदैन । उनले रणजीका दुई खेलमा केबल २२ रन बनाएका थिए । बिडला यस अघि मुम्बईबाट रणजी खेल्ने प्रयास गरेपनि टिममा पर्न असफल भएका थिए ।

त्यस्तै अफगानिस्तानका राशिद खानलाई सनराईजर्स हैदरावादले ९ करोडमा किनेर चकित मात्र पारेन प्रतिभाको सहि मुल्य पनि दियो भने अफगानिस्तानकै मोहमद नाबीलाई हैदरावादले नै एक करोडमा किन्यो । दुवै जना अघिल्लो आइपिएलमा हैदरावादबाटै खेलेका थिए । त्यस्तै अर्का अफगानी युवा खेलाडी जाहिर खानलाई राजस्थान रोयल्सले ६० लाखमा किनेको छ । त्यस्तै अर्का अफगानी युवा खेलाडी मुजीब जडरानलाई किंग इलेभेन पंजावले ४ करोडमा किनेको छ ।

आइपिएल अक्सनमा सबैभन्दा बढी इङल्याण्डका अलराउण्डर बेन स्टोक १२ करोड ५० लाखमा बिकेका छन् । त्यस्तै भारतका जयदेव उनडकट ११ करोड ५० लाखमा राजस्थानले र मनिष पाण्डे ११ करोडमा हैदरावादले किनेको छ । त्यस्तै भारतकै केएल राहुल पनि ११ करोडमा पंजावले किनेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै