काठमाडौंबाट झापा जादै गरेको टाट सुमो धनुषामा दुर्घटना ग्रस्त हुदा ६ जनाको ज्यान गएको छ ।
धनुषा प्रहरीका एसपी चक्रबहादुर सिंहका अनुसार बा ९ च ३३१४ नम्बरको टाटा सुमो धनुषाको गणेशमान चारनाथ ८ पोर्तहा भन्ने ठाऊँमा शनिबार बिहान २:३० बजे दुर्घटना भएको हो
सिरहा जिल्लाको सिमाना नजिक भएको दुर्घटनामा सुमो सडकको देब्रे पट्टि तलाउमा खसेको एसपी सिंहले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेको सनाखत भइसकेको र आफन्तहरुलाई खबर गरिएको उनले जानकारी दिए ।
मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि छ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा ५ जना घाइते रहेको र एक जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको जनकपुरस्थित अंचल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।