काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोमल ओलीको पक्षमा राष्ट्रिय सहमति भएको जस्तो भएकोले एमालेभित्र कुनै असन्तुष्टि नरहेको बताए ।
एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रियसभा निर्वाचनमा प्रदेश ५ बाट एमालेकी उम्मेदवार निर्बिरोध बनेकी ओलीलाई अन्य उम्मेदवारले चनौती नदिएको भन्दै अध्यक्ष ओलीले एमालेमा उनको उम्मेद्वारीलाई लिएर कुनै असन्तुष्टि नरहेको बताए ।
अध्यक्ष ओलीले मेरो विरुद्ध निर्वाचन लडियो तर कोमल ओलीको विरुद्ध कोहि लडेन भन्दै कोमल ओलीको पक्षमा राष्ट्रिय सहमति भएको बताउदै व्यंग्य गरेका थिए ।