• २०८१ बैशाख १७ सोमबार

मोरङमा दुईको मृत्यु

kharibot

फाइल फोटो ।

उर्लाबारी । दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदाँ आज एक जनाको मृत्यु भएको छ । 

मृत्युहुनेमा मोरङ कानेपोखरी गाउँपालिका–२ का ५० वर्षीय भिमबहादुर कार्की रहेको छ । को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किएर भएको दुर्घटनामा को २ प ७९ नम्बरको मोटरसाइकल चालक कार्कीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिए । 

अर्का मोटरसाइकल चालक सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय सुजन थापा र पछाडि सवार १९ वर्षीय शिव सिंहको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको उनले जानकारी दिए । 

यसैगरी चार दिनदेखि बेपत्ता सुन्दरहैचा–१ की ७५ वर्षीया बेदमाया भुजेल आज बिहान सोही वडामा रहेको पैनीमा डुबेको अवस्थामा मृत भेटिएकी छिन् । भुजेलको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै