काठमाडौँ महानगरले सार्वजनिक ठाउमा इन्टरनेट राख्न सकेन

खरीबोट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ । 

पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको कामपाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुब काफ्लेले जानकारी दिए । 

काफ्लेले भने “एक स्थानमा इन्टरनेट राख्नका लागि रु ५५ लाख खर्च हुने हुँदा खर्चको स्रोत तत्काल नभएकाले काम अघि बढ्न नसकेको हो ।” इन्टरनेट राख्नका लागि कामपा आफैँले गर्ने कि निजी कम्पनीलाई दिने भन्नेबारे पनि छलफल भएको छैन, त्यो पनि मुख्य विषय हो, काफ्लेले भने । 

पर्यटकीय दृष्टिकोणले महत्व बोकेका ऐतिहासिक सम्पदा र खुल्ला स्थानमा निःशुल्क इन्टरनेट राख्नसके उक्त स्थान मर्मत सम्भारको कार्य गर्नका लगि अन्यत्रबाट स्रोत खोज्नु नपर्ने र संख्यात्मकरुपमा आन्तरिक र बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुने कामपाको भनाइ छ । 

कामपाले २०७२ सालमा अवलोकन गर्न आउने आगन्तुकलाई मध्यनजर गर्दै रत्नपार्कमा निःशुल्क इन्टरनेट राखेको थियो । निःशुल्क इन्टरनेट राखेसँगै रत्नपार्क अवलोकन गर्न आउनेको संख्यामा वृद्धि भएको थियो । 

सम्बन्धित समाचार

घर बनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै लिनुस् जानकारी

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ ।  सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी

तार व्यवस्थापन गर्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा रहेको जथाभावी तार व्यवथापनको काम तीव्र बनाएको छ ।  आज बिहान त्रिपुरेश्वर चोकबाट दुई गाडी अव्यवस्थित तार संकलन गरेको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख नगर प्रहरी

घुससहित काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ ।  आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका

पुरातत्वको डिजाइनअनुसार पुनःनिर्माण भएको छ : मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माणको काम अघि बढेको जानकारी दिएका छन् ।  पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला उहाँले