• २०८१ बैशाख १७ सोमबार

इराकमा आउदो मे १२ मा आम निर्वाचन हुने

kharibot

बगदाद ।  इराकका राष्ट्रपति फुड मसौमले देशको आम निर्वाचनको मिति सोमबार सदर गरेका छन् । 

संसदले पारित गरेको आउदो मे १२ का दिन निर्वाचन गर्ने प्रस्तावलाई राष्ट्रपतिले स्वीकृत गरेका हुन् । प्रस्ताव स्वीकृत गरेपछि उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आउदो सन् २०१८ को मे १२ मा प्रतिनिधि परिषद् (संसद्)को चौथो कार्यकालकालागि निर्वाचन गर्ने मिति तोकिएको छ ।” 

इराकी संविधान अनुसार राष्ट्रपतिले स्वीकृत गरेसँगै मे १२ का लागि निर्वाचनको मिति घोषणाको सवै कानूनी प्रक्रिया पुरा भएको छ । 

संसदले पारित गरेको केही घण्टामै राष्ट्रपतिले आम निर्वाचनको मिति घोषणाको प्रस्ताव स्वीकृत गरेका हुन् । प्रधानमन्त्री हैदर अल अबादी नेतृत्वको मन्त्रीपरिषद्ले इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगसँग समन्वय गरेर मे १२ मा आम निर्वाचन गर्ने प्रस्ताव गरेको हो । 

ईराकको संविधानमा बाहलवाला संसदको म्याद कम्तीमा ४५ दिन बाँकी हुँदा नै नयाँ संसदका लागि निर्वाचन सम्पन्न भइसक्नु पर्ने व्यवस्था रहेको छ । यहाँ यसअघि सन् २०१४ को अप्रिल ३० तारिखका दिन आम निर्वाचन भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै