• २०८१ बैशाख १४ शुक्रबार

प्रिमियर लिगमा लिभरपुल पराजित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल स्वान्सी सिटीसँग पराजित भएको छ । गएराती स्वान्सीको घरेलु मैदानमा भएको खेलमा लिभरपुल १-० ले पराजित भएको हो ।

स्वान्सीको जितमा खेलको ४०औ मिनेटमा अल्फी माओसनले खेलको एक मात्र गोल गरेका थिए ।

यो हारसँगै लिभरपुलको १८ खेलको अपराजित यात्रा टुंगिएको छ । प्रिमियर लिगको अन्त्यमा रहेको स्वान्सीले टप ४ भित्र रहेको टिमलाई २०१४-१५ सिजन पछि पहिलो पटक पराजित गरेको छ ।

यो हारपछि लिभरपुलको २४ खेलमा ४७ अंकसहित लिगको चौथो स्थानमा रहेको छ भने स्वान्सी सिटी २४ खेलमा २० अंकसहित लिगको पुछारमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै