• २०८१ बैशाख १७ सोमबार

‘सबै सरकारी कर्मचारीलाई गोपनीयताको शपथ गराउन आवश्यक छैन’

kharibot

फाइल फोटो ।

इलाम । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले प्रदेश तहमा पनि स्वतन्त्र सूचना आयोग गठन हुनुपर्ने बताएका छन् । 

सदरमुकाममा सञ्चारकर्मीसँग कुरा गर्दै बाँस्कोटाले सङ्घीय संरचनामा गएका अन्य मुलुकमा प्रादेशिक तहको सूचना आयोगको व्यवस्था भएकाले हाम्रो पनि मुलुक सङ्घीय संरचना गएपछि आयोग गठन हुनुपर्ने विचार व्यक्त गरेका हुन् । 

बाँस्कोटाले सरकारी निकायले आफ्नो कागजातमा अहिले पनि ‘गोप्य’ र ‘अतिगोप्य’ भनेर छाप लगाउनु गैरकानुनी भएको बताउँदै सबै सरकारी कर्मचारीलाई गोपनीयताको शपथ गराउन आवश्यक नरहेको धारणा व्यक्त गरे । ‘गोपनीयताको शपथ लिएपछि सूचना लुकाउने पद्धतिको विकास भएकाले सबैलाई शपथ गराउन पर्दैन’, उनले भने । 

उनले जिल्लाका कार्यालय प्रमुख र सूचना अधिकारीलाई आफूसँग भएको सूचना उपलब्ध गराउन निर्देशन दिए । निमित्त प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि छबुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै