• २०८१ बैशाख १५ शनिबार

जब युद्धका लागि आइरहेका टर्किस सेनालाई यी बालकले हात उठाए ... 

kharibot

तस्बिर : एएफपी 

सिरिया र टर्कीको अल सल्मा सीमाबाट एलेप्पो प्रान्तको उत्तरी क्षेत्रमा प्रवेश गर्दै गरेको टर्किस सेना बोकेको गाडी र लडाकु सैनिक गाडीतिर हात फर्काउँदै एक बालक । टर्कीले आइतबार आफ्ना सैन्य टोली र ट्यांक अफ्रिकी क्षेत्रसँग टर्कीको सीमा जोडिएको उत्तरी सिरियामा पठाएको छ ।

केही दिनअघि मात्रै सिरियाली कुर्द समुदायलाई लक्षित गरी टर्कीले हवाई आक्रमण गरेको थियो । त्यसको केही दिनपछि नै टर्कीले स्थल कारबाही गर्न सेना पठाएको हो । टर्कीले कारबाही गर्ने कुर्दहरुलाई अमेरिकाले आईएसविरुद्ध लड्न सहयोग गर्दै आएको छ । पछिल्लो समय रुस, टर्की र अमेरिकाको आआफ्नो समूहप्रतिको समर्थनले आईएसविरुद्ध सफलता हात पारे पनि शक्तिराष्ट्रबीच नै तनाव हुने देखिएको हो ।

रुसले सिरियाली राष्ट्रपति बसर अल असादको सत्ता जोगाउन आईएसविरुद्ध ठूलो कारबाही गरेको थियो जब कि अमेरिका असादको विपक्षमा रहेको छ । यता टर्की भने अमेरिकाले आफ्नो सीमा क्षेत्रमा विद्रोहीलाई सघाएको आरोप लगाउँदै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै