• २०८१ बैशाख २० बिहीबार

फिफा वरियतामा नेपाल ६ स्थान सुधार गर्दै १६५औ स्थानमा 

kharibot

काठमाडौँ । फिफाको पछिल्लो वरियतामा नेपालले ६ स्थान सुधार गर्दै १६५औ स्थानमा उक्लिएको छ ।

बिहीबार सार्वजनिक पछिल्लो वरियताअनुसार नेपाल ६  स्थान सुधार गर्दै नेपाल १६५औं स्थानमा पुगेको हो ।

दक्षिण एशियामा भारतले ३ स्थान सुधार गर्दै १०२औं र अफगानिस्तान १४८औ स्थानमा रहेको छ भने माल्दिभ्सले ५ स्थान सुधार गर्दै १५०औं स्थानमा रहेको छ । 
त्यस्तै भुटान १८८औं, बंगलादेश १९७औं, श्रीलंका २००औं स्थानमा रहेका छन् ।

विश्व बरियाताको शीर्ष स्थानमा जर्मनी छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो र बेल्जियम पाचौं स्थानमा छ । बरियाताको छैटौंदेखि दशौं स्थानसम्म क्रमसः स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै