• २०८१ बैशाख १६ आइतबार

जेरार्ड पिके २०२२ सम्म बार्सिलोनामै रहने, सम्झौता नविकरण गर्ने घोषणा   

kharibot

काठमाडौँ । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्लबमा आफ्नो सम्झौता २०२२ सम्मका लागि नवीकरण गरेका छन् ।

बार्सिलोना क्लबले आज दिएको जानकारी अनुसार पिकेले ५ सय मिलियन युरोको बाइआउट शर्तमा नयाँ सम्झौता गरेका छन् । ३० बर्षिय स्पेनिस खेलाडी पिकेले अहिलेसम्म बार्सिलोनाका लागि ४२२ खेल खेलिसकेका छन् भने कुल ३७ गोल गरेका छन् ।

बार्सिलोनाको युवा खेलाडीको कार्यक्रममा सन् १९९७ देखि २००४ सम्म रहेका पिके २३ बर्षको उमेरमा म्यानचेस्टर युनाइटेड गएका थिए । युनाइटेडमा ४ सिजनमा केबल २३ खेल खेलेका पिके २००८ मा बार्सिलोना फर्किएका थिए । 

बार्सिलोनाका लागि पिकेले ६ ला लिगाको उपाधि, तीन च्याम्पियन्स लिग लगायत २० भन्दा बढी उपाधि जितेका छन् । साथै पिकेले स्पेनको राष्ट्रिय टिमबाट ९४ खेल खेल्दै २०१० को विश्वकप र २०१२ को युरोकप जितेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै