• २०८१ बैशाख १४ शुक्रबार

१३ वर्षीयासँग यौन सम्पर्क गर्दै सेल्फी लिने किशोर पक्राउ 

kharibot

तस्बिर : SWNS/Daily Star

युरोप । १३ वर्षीया किशोरीसँग यौन सम्पर्क गरेपछि एक जना किशोर पक्राउ परेका छन् । बेलायती अलेक्जेन्डर कस्मिन टटारु नाम गरेका १९ वर्षका किशोरलाई १२ महिनाको जेल सजाय दिइएको डेली स्टारले जनाएको छ । 

किशोरीको नाम गोप्य राखिएको छ । किशोरले किशोरीलाई योर्क मिनिस्टरमा भेटेका थिए । भेटमा उनले किशोरीलाई आफ्नो घर जान आग्रह गरेको मुद्दा दायर गर्ने कानुन व्यवसायी इयान ब्रुकले बताएको उल्लेख गरिएको छ ।

टटारु रोमानियाका भएको बताइएको छ । किशोरले आफ्नो घरमा किशोरीसँग रात बिताएको र सोही क्रममा शारीरिक सम्पर्क गरेको स्वीकारेका छन् । बिहान उनीहरुले सेल्फी लिएका थिए । किशोरीलाई रेलभाडा ३० पाउन्ड किशोरले दिएका थिए । 

किशोरलाई किशोरावस्थाकी बालिकासँग यौन सम्पर्क गरेको अभियोग लगाइएको हो । उनी १३ वर्षकी रहेकी प्रहरीसामु उनले बताएकी थिइन् । उक्त किशोरी गरिब पारिवारिक पृष्ठभूमिकी थिइन् । उनी घरबाट भागेकी थिइन्, सोही क्रममा उनको किशोरसँग भेट भएको थियो ।

जेल परेपछि किशोरले रोमानिया फर्किन चाहेको बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै