• २०८१ बैशाख १४ शुक्रबार

स्वेता खड्काले गरिन् कान्छीबाट फिल्ममा कमब्याक 

kharibot

काठमाडौँ  । श्रीमान तथा नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि स्वेता खड्का फिल्म क्षेत्रमा कमब्याक गर्न लागेकी छन् । स्वेतले एक कार्यक्रमका बीच सोमबार फिल्म ‘कान्छी’ बाट फिल्ममा कमब्याक गर्न लागेको घोषणा गरिन् । 

फिल्मलाई आकाश अधिकारीले निर्देशन गर्ने यो फिल्ममा स्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहने जानकारी दिइएको छ । 

फिल्मको निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक आकाश अधिकारीले ‘कान्छी’ विशुद्ध नेपालीपन बोकेको फिल्म रहेको बताए । उनले भने, 'गाउँमा अहिले अधिकांश युवायुवतीहरु विदेश पलायन हुँदा मलामी जाने मानिस पनि छैनन् । फिल्मले वैदेशिक रोजगारीको कथासँगै गाउँमा कान्छीले भोग्नु परेको दुःख बोल्नेछ ।' यसअघि आकाश अधिकारीले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म 'कोहिनूर' निर्देशन गरेका थिए । 

फिल्मकी निर्मात्री समेत रहेकी स्वेता खड्काको वरिपरि नै कथा घुम्ने बताइएको छ । फिल्मको सुटिंगको सेड्युल ४५ दिनको रहेको र करिब ३५ दिन जति मुस्ताङमा खिचिने जानकारी दिइएको छ । स्वेताले आफूले पहिलो पटक फिल्म निर्माणमा हात हालेका कारण सबैको साथ र सहयोग मिल्नेमा विश्वस्त रहेको बताइन् । फिल्मलाई माघ २६ गते प्रदर्शनमा ल्याइने फिल्म युनिटको तयारी छ । 

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । फिल्ममा स्वेता र दयाका अलावा अनु शाह, भूमिका श्रेष्ठ, नीर शाह, प्रज्वल सुरज गिरीको पनि मुख्य भूमिका रहनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै