• २०८१ बैशाख ६ बिहीबार

कान्छी सांसदको गुनासो- संसदले जनताको अपेक्षा अनुसार काम गर्न सकेन

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निशा डाँगीले निर्वाचन सम्पन्न भएको चार महिनामा संसद जनताको कामप्रति खडा हुन नसकेको बताएकी छन् ।

संसद्को विशेष समयमा बोल्दै प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद समेत रहेको निशाले संसदको काम कारवाही बारे असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले भनिन्- 'चार महिना भयो निर्वाचन सम्पन्न भएको । तर देश र जनताको पक्षमा यो सदनप्रति जनताले जुन अपेक्षा राखेका थिए, त्यसमा हामि खडा हुन नसकेको स्पष्टरुपमा आभास हुन थालेको छ ।'

सांसद डाँगीले राजनीतिक घटनाक्रम देखाएर संसद जनताका समस्याबाट पन्छिन नमिल्ने बताइन । उनले सभामुखलाई संसदीय समिति कहिले गठन हुन्छन्, कति दिन भित्र प्रतिनिधि सभाको नियमावली पारित हुन्छ भन्दै प्रश्न सोधेकी थिइन् ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै