• २०८१ बैशाख १४ शुक्रबार

मैदानमा रिसाएर बल फालेपछि विराट कोहलीलाई जरिवाना 

kharibot

काठमाडौँ । भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई आसीसीले कारवाही गरेको छ । हाल चलिरहेको दक्षिण अफ्रीकाविरुद्धको टेस्ट खेलको तेस्रो दिन कोहलीले आइसीसीको नयां उलंघन गर्दै मैदानमा अभद्र व्यवहार प्रदर्शन गरेपछि उनलाई खेलको पारिश्रमिकको २५ प्रतिशत रकम जरिवाना गरेको छ ।

आइसीसीको खेल नियमको लेभल १ अनुसारको ब्यबहार गरेकाले उनलाई खेलको २५ प्रतिशत जरिवाना गरिएको आइसीसीले जनाएको छ । 

कोहलीले सोमबारको खेलमा दक्षिण अफ्रिकाको २५औ ओभरमा बर्षबाट प्रभावित भएको खेलमा ग्राउण्ड बिग्रेको भन्दै एम्पायरलाई कम्प्लेन गरिरहेका थिए । एम्पाएरले कोहलीको कुरा नसुने उनले रिसाउदै बललाई जोडसँग मैदानमा फालेका थिए । 

दिनको खेल सकिएपछि कोहलीलाई दोषी मान्दै एम्पायरहरुको प्यानलले दोषी मान्दै खेलको पारिश्रमिकको २५ प्रतिशत जरिवाना गर्नें निर्णय गरेको हो ।

यस्तो प्रकरणमा दोषी पाइए खेलको ५० प्रतिशत पारिश्रमिकसम्म जरिवाना गर्ने आसीसीको प्रावधान रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै