अस्ट्रेलियाविरुद्ध इङल्याण्डको जित, जोसन रोयले बनाए १८० रन 

खरीबोट

काठमाडौँ । अष्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा इङल्याण्ड विजयी भएको छ । 

एफेज सिरिजमा ४-० ले पराजित भएको इङल्याण्डले एकदिवसीय क्रिकेटमा भने विजयी सुरुवात गरेको छ । 

अष्ट्रेलियाले दिएको ३०५ रनको लक्ष्य इङल्याण्डले ७ बल बाँकी छदै ५ विकेट गुमाएर पूरा गरेको थियो । इङल्याण्डका लागि जोसन रोयले सर्वाधिक १८० रन बनाएका थिए भने कप्तान जोय रुटले ९१ रनको योगदान दिए । 

रोयले १५१ बल खेल्दै १६ चौका र ५ छक्का हान्दै १८० रन बनाएका थिए ।

मेलवर्नमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०४ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ओपनर आरोन फिन्चले १७ रन बनाएका थिए । त्यस्तै मार्कस स्टिनिसले ६० र शन मार्शले ५० रनको योगदान दिएका थिए ।

खेलको म्यान अफ द म्याच इङल्याण्डका जोसन रोय बनेका थिए ।

सिरिजको दोस्रो खेल जनवरी १९ मा ब्रिसबेनमा हुने छ । जितसँगै इंग्ल्याण्डले पाँच खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ । 

सम्बन्धित समाचार

खुकुरी टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको तयारी पुरा

काठमाडौँ । खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ ।  यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक

अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा इङल्याण्ड विजयी, सिरिजमा २-० ले अगाडी 

काठमाडौँ ।  अस्ट्रेलियाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पनि इङल्याण्ड विजयी भएको छ । आज समपन्न दोस्रो एकदिवसीय खेलमा इङल्याण्ड ४ विकेटले विजयी भएको हो । अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्यलाई इङल्याण्डले ४४.२

राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज यहाँ उद्घाटन गरे ।  मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट

आईसीसीद्वारा विराट कोहली क्रिकेटको वर्ष खेलाडी घोषणा 

काठमाडौँ । भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले क्रिकेटको वर्ष खेलाडी घोषणा गरेको छ ।  आइसिसीले क्रिकेटका सबै फर्म्याटमा उत्कृष्ट प्रदर्शन गरेका कोहलीलाई आइसिसी क्रिकेटर अफ दी